विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

 न्यूज विराट
विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।

सिपिआर तथा क्यान्सर रोग बारे सचेतना फैलाउने उद्देश्यले मेदान्ता हस्पिटलसँगको सहकार्यमा सचेता मुलक कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । भारतको मेदान्ता हर्ट ईन्स्टिच्युटका निर्देशक द्वय डा. प्रमोद कुमार र डा. अजय कुमार सिन्हाले मृटुका समस्या तथा एन्जियोप्लास्टी सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै मेदान्ता क्यान्सर ईन्स्टिच्युट पटनाका सहनिर्देशक डा. सन्दिप कुमारले प्यान्क्रियाजमा हुने क्यान्सरका शल्यक्रिया सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा औषधी व्यवसायी, विद्यार्थी, स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा औषधी व्यवसायी संघ मोरङ र मेदान्ता हस्पिटलबीच व्यवसायीहरुको सौलियतमा उपचारको लागि चाँडै सम्झौता पनि हुने अध्यक्ष ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानवादीहरू आन्दोलित

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रर्दशन...

कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्‍याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको...

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, ४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन...

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

नेकपा फुटाउन देशी–विदेशी शक्ति सक्रिय : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका...

पत्रकार दासलाई कुटपिट गर्ने दुई जना पक्राउ, ज्यान मार्ने उद्योगमा म्याद थप

विराटनगर । मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्