कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

 न्यूज विराट
कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।

कार्यदलले पार्टी विवाद समाधानका लागि दश बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ । विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।

सम्बन्धित समाचार

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

कोरोना परीक्षण : प्रदेश २ बाट ७३ जनाको नमुना संकलन, २३ नमुनाको ‘नेगेटिभ रिजल्ट’

करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको सामाजिक...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

भोलिबाट सबै उद्योग र पसल खुला

काठमाडौं,२१ जेठ-सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने भएको छ । बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योग सिल

हेटौंडा, २२ जेठ-‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो । खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्