‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योग सिल

 न्यूज विराट
‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योग सिल

हेटौंडा, २२ जेठ-‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो । खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र  जिल्ला प्रशासन कार्यालय मकवानपुरको सयुक्त टोलीले उद्योगमा सिल गरेको हो ।

उद्योगले उत्पादन गरेको मिनरल वाटरमा फोहोर भएको भन्ने उजुरी परेपछि उद्योगमा सिल गरिएको खाद्य प्रविधिका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

‘उपभोक्ताले गुनासो गरेपछि उद्योगको अनुगमन गरियो । पानि फिलिङ्ग गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा पायौं, त्यसैले उद्योगमा सिल गरेका हौं’, रिजालले भने ।

उद्योगमा कार्यरत मजदुरहरुले मेसिन बिग्रिएको कारण हातले नै बोतलमा पानी भरिरहेको अवस्थामा अनुगमन टोली पुगेको थियो । लकडाउनको समयमा सञ्चालित उद्योगले कुनै किसिमको सुरक्षा नअपनाएको खाद्य प्रमुख रिजालले बताए । उद्योगले लापरबाही गर्दे मानव स्वास्थ्यमा खेलबाड गर्न खोजेको उपभोक्ताहरुको गुनासो छ ।

नेचुरल वेभरेजले उत्पादन गरेको मिनरल वाटर प्रयोग तथा बिक्री वितरण गर्नसमेत खाद्य तथा गुण नियन्त्रण कार्यालयले रोक लगाएको छ ।  अनुगमन टोलीले उद्योगको उत्पादन कक्ष, प्याकिङ कक्षसहित स्टोरमा पनि सिल गरेको छ । उद्योगमा रहेको ३ सय ३७ कार्टुन तयारी अवस्थाका मिनरल वाटर बिक्रीमा रोक लगाइएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५५ संक्रमित थपिए, २८७ डिस्चार्ज

विराटनगर, १७ असोज—प्रदेश १ म पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा...

सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारी प्रहरीकाे नियन्त्रणमा

कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...

यमनमा पृथकतावादी समूहद्वारा स्वशासन घोषणासँगै संकट गहिरिने खतरा

एजेन्सी, बैशाख १४-सरकारसँग शान्ति सम्झौता भंग भएलगत्तै यमनको पृथकतावादी १ समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यो घोषणाले अझ जटिल बनाएको...

रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट , कुन क्षेत्रमा कति बजेट ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन्...

मानव अधिकार शुक्ष्म विषय हो : मन्त्री यादव

विराटनगर, २४ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताउनुभयो । ७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार...

रोक लगाएका विषय यथावत राख्दै मोरङमा फेरी थपियो निषेधाज्ञा

विराटनगर, २४ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले एक साता निषेधाज्ञा थप गरेको छ । यसअघि रोक लगाएक सवै विषय यथावत राख्दै प्रशासनले आइतबार राति १ बजेदेखि लागु हुनेगरि एक साता निषेधाज्ञा थप गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्