कोरोना परीक्षण : प्रदेश २ बाट ७३ जनाको नमुना संकलन, २३ नमुनाको ‘नेगेटिभ रिजल्ट’

 न्यूज विराट
कोरोना परीक्षण : प्रदेश २ बाट ७३ जनाको नमुना संकलन, २३ नमुनाको ‘नेगेटिभ रिजल्ट’

करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले बताए ।

‘प्रदेशका आठवटै जिल्लाअन्तर्गत रहेका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बाट कुल ७३ जनाको स्वाब संकलन गरिएको छ,’ सचिव घिमिरेले भने, ‘त्यसमध्ये २३ वटा को परिणाम आएको छ, २३ वटै नेगेटिभ पाइएको छ ।’ काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको ती सबै परीक्षणमध्ये ५० वटा नमुनाको परिणाम आउन बाँकी नै रहेको उनले बताए ।

प्रदेश २ मा हालसम्म कुल १ सय २७ वटा क्वारेन्टाईन संचालन गरिएको छ । १२७ क्वारेन्टाइनमा कुल २ हजार ५ सय १ बेड क्षमताको व्यवस्थापन मिलाइएकोमा अहिलेसम्म कुल ७ सय ७१ जना क्वारेन्टाईनमा रहेको घिमिरे बताउँछन् ।

सम्बन्धित समाचार

हिसान खेल ः ग्रिनल्याण्ड क्रिकेटको फाइनलमा, बास्केट बलको उपाधि विकेभिएम तथा भलिबलको उपाधि कान्तिपुर र रेड स्टारलाई

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड...

रबिन कार्कीविरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता

विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...

प्रदेश १ मा बस्नेत र बरालको मत बराबर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्ने विजयी भएका हुन् । गठबन्धनका बस्नेत र...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टि, थप ४२ जनाको मृत्यु

काठमाडौं, २ भदौ । नेपालमा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो...

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

नेकपाले कार्यदलबाटै विवाद समाधान गर्ने

काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्