भोलिबाट सबै उद्योग र पसल खुला

 न्यूज विराट
भोलिबाट सबै उद्योग र पसल खुला

काठमाडौं,२१ जेठ-सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने भएको छ ।

बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना तथा ठूला उद्योग पसल खुला गरिने जनाएको हो । ७१ दिनदेखि जारी लकडाउनका कारण उद्योग/व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर/किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न संकट परेको बताएका व्यवसायीले अब लकडाउन पालन गर्न नसक्ने बताएका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर, लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । त्यसैले भोलिबाट व्यापार व्यवसाय सूचारू गछौँ।’

नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी/व्यवसायीहरूको रोजिरोटी गुम्ने महासंघले जनाएको छ । व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गरि मापदण्ड पालना गर्ने विज्ञप्तीमा उल्लेख छ  ।

व्यवसायीले पसल व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमाा कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलब/भत्ताको जिम्मासमेत सरकारले लिनुपर्ने माग समेत राखेका छन् ।

सम्बन्धित समाचार

३० हजार क्षमताको क्वारेन्टाइन हामीसँग छः प्रधानमन्त्री

देशभर ३० हजार जना क्वारेन्टाइनमा बस्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा ३० हजार क्षमताकाे क्वारेनटाइन बनाइएको जानकारी गराएका हुन् । अहिले ९ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।पर्याप्त आइसाेलेसन...

रोजगारी गुमाएकालाई सरकारले दिने छ रोजगारी

काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

प्रदेश १ मा आज २४० डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर, १५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज...

इन्द्रजित राजभण्डारीले पाए स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...

लक्षण पटक्कै नदेखिएका व्यक्तिबाट पनि सर्न सक्छ कोरोना : विज्ञ

काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्