जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

 न्यूज विराट
जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको आयोजनामा सोमबार वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, मदनभण्डारी फाउण्डेसन प्रदेश १ अध्यक्ष गोपाल गुरागाई, नेकपा एमाले प्रदेश समिति सदस्य तथा भूमि व्यवस्था समस्या समाधान आयोगका मोरङका संयोजक डिपी राई, नेकपा एमाले मोरङका उपाध्यक्ष रामलाल साह, रतुवामाई नगरपालिकाकी उपमेयर दयमन्ता चुँडाल, नेकपा एमाले मोरङका नेताहरु बाबुराम कार्की , रुपेश खतिवडा, गोपी चापागाई, भाष्कर खनाललगायत पार्टीका विभिन्न कमिटि तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा प्रदेश १ का योजना आयोग उपाध्यक्ष प्याकुरेल, फाउण्डेसनका अध्यक्ष गुरागाई तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य राईलगायतका नेताहरुले मदन भण्डारीको चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिड्नुको विकल्प नरहेको बताउनुभयो ।

सम्बन्धित समाचार

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह

विराटनगर, १९ जेठ । दुई दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार फेरी आफ्नो लयमा फर्किएको छ । बुधबार नेप्से परिसुचक दुई प्रतिशत अर्थात ५५ अंकले बढेर २८२७ पुगेको हो । विगत दुई दिनदेखि घट्दो...

मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

विराटनगर । गुणस्तरीय शिक्षामा प्रदान गरी व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट दुई जना विद्यार्थी सम्मानित भएका छन् । हिसान मोरङले हिसान स्पोर्टस मिटको समापनको दिन मेरील्याण्ड कलेज टप गर्ने दुई जना...

काेराेनाका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

एजेन्सी, १५ भदौ-कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् । ट्विटमा अभिजितले लेखेका छन्,...

प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर, २४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको...

भैरव गणमा पाँच दिने हातेमालो कार्यक्रम

विराटनगर । मोरङको थलहास्थित श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङ स्थित...

लकडाउनले छोएन सरकारी वकिल कार्यालयलाई, विगतमा भन्दा बढी चाप

सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्