
प्रदेश १ मा २ लाखको कोरोना परिक्षण
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि सरकारी वकिल कार्यालयमा भने विगतको भन्दा कामको चाप बढेको हो ।
पक्राउ पूर्जी जारी गर्नुपर्ने, म्याद थप, बन्दी प्रत्यक्षीकरणका मुद्दाहरूको सुनुवाईलगायतका कामहरू लकडाउनको समयमा पनि जारी रहेको सरकारी वकिल कार्यालयका सह महान्यायधीवक्ता हरीप्रसाद रेग्मीले बताए । कुनै पनि व्यक्तिलाई २५ दिनभन्दा बढी समय अनुसन्धानका लागि थुनामा राख्न नपाइने, एक पटक एक हप्तालाई मात्रै म्याद गप गर्न सकिने जस्ता विषयमा वैकल्पिक व्यवस्था नभएकाले जोखिममा पनि काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले केही समयका लागि केही सेवाहरू बन्द गर्ने निर्णय गरे पनि बन्दी प्रत्यक्षीकरण, प्रहरी प्रशासनलाई कानूनी सल्लाह दिने र लक डाउनको समयमा उल्लंघन गरी दुव्र्यवहार गर्ने अभियुक्तका सन्दर्भमा मुद्दाहरू नियमित रुपमा सुचारु रहेको उनले बताए । अदालतसँगको लिखित जवाफ लेख्नुपर्ने, बहसमा उपस्थित हुनुपर्ने, बालबालिकाका थुनामा रहेको मुद्दाको हकमा बाल सुधार वा अन्य निवेदनहरूको हकमा अदालतमा जानुपर्ने सेवाका सन्र्दभमा काम नियमित सूचारु रहेको उनले बताए ।
चैत २८ गतेबाट अभियोग पत्र लिने निर्णय लिनेसँगै अन्य सेवाहरू सूचारु भए पनि म्याद थपको विषयमा वैकल्पिक व्यवस्था हुन नसक्दा २० दिनदेखि थन्किएका १ सय भन्दा बढी मुद्दाहरू एकै दिन दर्ता गर्नुपर्ने बाध्यता आइलागेको उनले बताए ।
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको...
विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...
काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
सप्तरी, जेठ ८–लुम्बिनी विकास बैंकले लाहान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ को उपचारमा तथा रोकथाममा सकृय स्वास्यकर्मीको उच्च मनोबल बढाउन लुम्बिनी विकासको बैंक लाहान शाखाले नगरपालिकालाई ७२ हजार रुपैयाँ...
विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...
काठमाडौं, ३ असोज-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको संवेदनशिल समयमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् । केही दिनदेखि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरताको माग गर्दै सडक आन्दोलन भइरहेको सन्दर्भमा उनले विज्ञप्ति...
विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.