विराटनगर, ९ असार । जोगबनीबाट तेलको गिलेनमा लुकाई छिपाई लागुऔषध ओसार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।
पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।