प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

 न्यूज विराट
प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

विराटनगर, चैत २९–प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक परिक्षण पनि सुुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको् कार्यालयले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताएका थिए । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आईसकेको छ ।

सम्भावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ । यसतर्फ कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ ।

शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध गरिएको छ ।

सरकारले विभिन्न स्थानमा संचालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका हुन । आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसिरहेका छन् । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको...

९ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप  अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक...

काठमाडाैं आइपुग्याे लिउ जियाञ्चाओकाे टाेली

चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ काठमाडाैं आइपुगेका छन् । टाेली एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ नेतृत्वकाे टाेली केही बेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू फङ स्यौपिन,...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्