प्रधानमन्त्री ओलीले सही काम गरे, अराजकहरुलाई ठेगान लगाउने तरिका यही हो : बिजुक्छे

 न्यूज विराट
प्रधानमन्त्री ओलीले सही काम गरे, अराजकहरुलाई ठेगान लगाउने तरिका यही हो : बिजुक्छे

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही भएको प्रष्ट पार्नुभएको हो । आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा आइपुगेको बिजुक्छेको भनाई छ । ‘पार्टीहरूमा देखिएको भद्रगोलमा बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, हाम्रो पाटीलाई यो स्वभाविक लागेको छ,’बिजुक्छेले भन्नुभयो ।

उहाँले भन्नुभयो –‘पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यहिँ हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक बर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन ।

उहाँले अहिलेको घटना पार्टीहरुको अराजकताको कारण भएको पनि बताउनु भयो । उहाँले सरकारले घोषित मितिमै चुनाव गराउनसक्नुपर्ने धारणा पनि राख्नुभयो ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्