विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् ।
कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै पराजुलीले उच्च शिक्षा हासिलको लागि एजुकेशसन कन्सल्टेन्सीले सहजिकरणमा ठूलो भूमिका निर्भाह गर्ने बताए । करिब १० लाखभन्दा बढी लगानीमा संचालनमा आएको कन्सल्टेन्सीले युरोपेली देशहरुमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि पठाउने गरेको भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी मेनेजर रितिक कामतले जानकारी दिए । उनका अनुसार अहिले अस्ट्रलिया, क्यानडा, युके, डेनमार्क, अमेरिकालगायतका देशमा विद्यार्थीहरु अध्ययनको लागि पठाउने गरेको छ । कन्सल्टेन्सी उद्घाटन भएको अवसरमा अहिले १० जना विद्यार्थीहरुलाई निःशुल्क आयल्स कक्ष सुरु गरिएको मेनेजर कामतले बताए । भेरिएन्ट एजुकेशन कन्सल्टेन्सीका संचालकहरुमा विजय साह, पवन अधिकारी र गौरव भट्टराई रहेका छन् ।
विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया स्कुललाई ५–४ गोलले हराउँदै विजयी भएको...
विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली...
विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...
विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...
विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...