शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो
बुधबार, १७ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा भएको हो । गाउँपालिका भवन पुर्वतर्फ जग्गामा निर्माण गरिएको भवनको बुधबार उद्घाटन गरिएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरे । उक्त भवनको २०५० सालमा शिलान्यास गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाका तत्कालिन अध्यक्ष ज्ञानचन्द दुगड र कटहरी उपशाखाका तत्कालिन अध्यक्ष श्याम मण्डलको पालामा उक्त भवनको शिलान्यास गरिएको थियो । रेडक्रस भवन निर्माणकालागि भन्दै स्थानिय यशोदा कामतले ५ धुर जग्गा दानमा दिएका थिए ।
शिलान्यास पछि जगसम्मको निर्माण कार्य गरेर यत्तिकै छाडिएको थियो । जसका कारण उक्त स्थान फोहोर फाल्ने डम्पिङ साईटमा परिणत भएको थियो । बजेट अभाव,देशको विगतको अवस्था र बिगतका जनप्रतिनिधिले चासो नदिंदा भवन निर्माणकार्य ओझेलमा परेको कटहरीका अध्यक्ष चौधरीले बताए । गाउँपालिकाको २९ लाख ६४ हजार रकममा ४ कोठे भवनको निर्माण गरिएको हो । निर्माण गरिएको चारकोठा मध्ये २ कोठामा रेडक्रसको कार्यालय र दूई कोठामा गाउँपालिकाको रोजगार र शिक्षा शाखा संचालनमा ल्याइएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुबोधकुमार सिंह,कटहरी ३ का वडाध्यक्ष जदुलाल कामत तथा कटहरी १ का वडाध्यक्ष हरि राजवंशी लगायतको सहभागिता थियो ।
विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...