राशिफल

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनले गरायो बहिरा माध्यामिक विद्यालयका २०० विद्यार्थीलाई मिष्ठान्न भोजन

विराटनगर, ३ पुस । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगरले २०० जनालाई भिष्ठान्न भोजन गराएको छ । क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत विराटनगरस्थित विराट बहिरा माध्यामिक विद्यालयमा अध्ययनरत २०० सय विद्यार्थीलाई मिष्ठान्न भोजन गराएको हो ।

क्लबले विराटनगर–५ स्थित सो विद्यालयका विद्यार्थीहरुलाई पुरी, तरकारी, खीर, जिलेबी, गुलाब जामुनसहितको मिष्ठान्न भोजन गराएको थियो । रोटरी क्लब अफ विराटनगर डाउन डाउनले मानवीय सेवा भावले गरेको सो सामाजिक कार्यप्रती विद्यालयका विद्यार्थी, शिक्षक÷शिक्षिका, कर्मचारीलगायतले आभार प्रकट गर्दे खुशि व्यक्त गरे ।

‘भोकालाई खाना देउ’ अभियान क्लबकी पूर्वअध्यक्ष किरण कर्णले सघाएकी थिइन् । खानाको सम्पूर्ण व्यवस्थापन सेवा परियोजना प्रमुख गिरिजा सारडाले गरेकी थिइन् ।

अभियानलाई सफल बनाउन क्लबी अध्यक्ष संचिता जैन, सचिव अनिता सारडा, जनसम्पर्क अधिकारी मञ्जु अग्रवाललगायत क्लबका १० जना पदाधिकारी तथा सदस्यहरुले भुमिका खेलेका थिएन ।

सम्बन्धित समाचार

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...