यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

 न्यूज विराट
यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य सुनसरी, मोरङ र झापामा मनाइने सिरुवा पर्व यस वर्ष कोरोना भाइरसको जोखिमका कारण प्रभावित भएको हो ।

बैशाख १ गतेदेखि सुरु हुने नयाँ वर्ष प्रारम्भ भएसँगै पूर्वी तराईका विषेश गरि राजवंशी, ताजपुरिया, गन्गाई, माझी, थारुलगायतका आदीवासी समुदायको पर्व सिरुवा सुरु हुने गरेको छ ।

परम्परागत रुपमा हर्षोउल्लासका साथ ग्राम तथा महाराज थानमा ग्राम देवता र घरमा कुल पुजा गरेर मनाइने सिरुवा यस वर्ष भने कोरोनाका कारण खल्लो भएको सरोकारवालाहरुले बताएका छन् ।

उनीहरुले यस वर्षको पनि सिरुवा पर्व हर्षोल्लासकासाथ मनाउँन नपाउने भएका हुन् । राजवंशी, ताजपुरियालगायतका आदीवासी समुदायले सिरुवा पर्वमा बैशाख १ गते पानी सिरुवा, २ गते कादो सिरुवा र ३ गते रंग सिरुवा मनाउँने गरेको मोरङको रतुवामाई नगरपालिकाका ताजपुरिया समुदायका अगुवा मुण्डिलप्रसाद ताजपुरियाले जानकारी दिए ।

‘सिरुवा हाम्रो मुख्य पर्व हो । नयाँ लुगा लगाउने, मिठा मिठा परिकार खाने, परिवार, गाउँ, समाज र राष्ट्रको शान्ति एवम समृद्धिका लागि ग्राम थान र महाराजथानमा गएर पुजा अर्चना गर्ने हाम्रो प्रचलन छ । थानहरुमा भव्यरुपले मेला लाग्ने गरेको छ ।’ उनले भने,‘यो वर्ष पनि कोरोनाका कारण निकै खल्लो भएको छ । यो वर्ष पनि कोरोनासँग विजय प्राप्त गर्ने कामनासहित घर–घरमा पुजा अर्चना गरेर सामान्य रुपले मनाइरहेका छौँ ।’

सिरुवा पर्वमा साथीभाई तथा गाउँलेहरु भेला भई आपसमा पानी, कादो(हिलो) र रंग दलेर मनाउने चलन रहेको पूर्वमन्त्री एवम् राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले बताए ।

उनले सामूहिक रुपमा सिरुवा खेल्ने, मेला बजार लगाउने तथा सिरुवा साँस्कृतिक कार्यक्रमहरु पर्वका अवसरमा आयोजना गर्ने गरिएनी यो वर्ष पनि संस्था मार्फतनै कोरोरा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आ आफ्नो घरमा मात्र पर्व मनाउन आग्रह गरिएको जानकारी दिए ।

सिरुवा हाम्रो सवैभन्दा ठुलो चाड भएपनि कोरोनाका कारण पहिला जसरी मनाउने अवस्था छैन । जिवन रहेमात्र अरुकुरा हुन्छ । पहिले जस्तो नभएपनी ज्यान बाँचे आगेसाल खेलौँला, रमाउँला ।’ उनले भने ,‘सिरुवा मनाउँन खोज्दा आफू, परिवार र समाज जोखिममा पर्न सक्नेप्रति हामी सजग रहनुपर्छ ।’

सिरुवाको अवसर पारेर वैशाख महिनैभरी सुनसरी, मोरङ र झापाका ग्राम तथा महाराजथान सुनसान देखिएका छन् । यी जिल्लाका थानहरुमा लाग्ने सिरुवा मेलाहरु यस वर्ष पनि स्थानीयतहहरुलेनै रोक लगाएका छन् ।

सिरुवा पर्वमा रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी महाराजथानमा लाग्ने प्रदेश १ कै सवैभन्दा ठुलो मेला यस वर्ष पनि लागेन । नगर प्रमुख रवीन राईले कोरोना संक्रमणको जोखिमका कारण नगरका सवै थानहरुमा वर्षेनी लाग्ने मेलाहरु लगाउन रोक लगाइएको जानकारी दिए ।

सुनवर्षी महाराजथान व्यवस्थापन समितिका अध्यक्ष कुमार बुढाथोकीले यो वर्ष सामान्य पुजा पाठ मात्र भएको जानकारी दिनुभयो । ‘पहिला ठुलो मेला लाग्थ्यो । तर, गत वर्ष र यसपालि कारोनाका कारण लाग्न सकेन । सामान्य पुजापाठ मात्र भयो ।’ उनले भने ।

त्यसैगरी सुनवर्षीको भेडुवाथान, काँटा मेला लगायत रतुवामाई, रंगेली नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकालगायत सवै ग्राम तथा महाराज थानमा लाग्ने मेला स्थगीत गरिएको ती पालिकाहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पौढ महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का २० जना प्रौ...

जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ-सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक...

दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्ने अभियान ट्राफिक प्रहरीको तिव्र

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान तिव्र बनाएर अगाडि बढाएको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघ सँगको सहकार्य तथा जिल्ला...

दाहाल–नेपाल समुहलाई कांग्रेसले दियो अर्को झट्का

जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको...

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९...

गुणस्तरीय शिक्षामा अब्बल कान्तिपुर, १३ सय बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो । विज्ञान...

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...

रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्