प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध

 न्यूज विराट
प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध

विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका कांग्रेसका सांसदहरूलाई सभामुख प्रदीपकुमार भण्डारीले बस्न पटकपटक आग्रह गरेका थिए । भण्डारीले ललिता निवास प्रकरण प्रदेशसभाबाट समाधान हुने विषय नभएको र अदालतमा विचाराधीन मुद्दा पनि भएकाले बस्न आग्रह गरेका थिए ।

सभामुखको आग्रहविपरीत प्रतिपक्ष सांसदहरू निरन्तर उठेर विरोध गरिरहेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए । बालुवाटारस्थित ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साँध्ने गरी नियोजित रूपमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ ।

सम्बन्धित समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, ४ जिल्ला कोरोना ‘फ्री’

काठमाडौं, २३ असार-नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।  हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ७ हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको...

ऋचा मेमोरियल टी–२० क्रिकेट : फाइनलमा आर्मीलाई एनबीएससीको १११ रनको लक्ष्य

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको आजको फाइनलमा विभागीय टिम त्रिभूवन आर्मीलाई घरेलु टिम एनबीएससीले १११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशवलप २ बलमा सबै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्