मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णय

 न्यूज विराट
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल समूहको निर्णय

विराटनगर, ११ चैत । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदहरूले हस्ताक्षर फिर्ता लिने भएका छन् ।  वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका हुन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सांसद तथा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार बसेको संसदीय दलको बैठकले सबैलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको भएपनि यसअघि नै हस्ताक्षर फिर्ता लिने सहमति भइसकेको जानकारी दिए ।

‘आजको संसदीय दलको बैठकले फिर्ता लिन निर्देशन दिएको भएपनि हस्ताक्षर फिर्ता लिने भन्ने हाम्रो सरसल्लाह भइसकेको छ,’ उनले भने,‘हस्ताक्षर फिर्ता लिने निर्णय नै भइसकेको छ ।’

नेपाल समूहका सांसद घिमिरेले बैठकमा ३२ जना मात्र सहभागी भएको विषयमा एक दिनअघि मात्र बैठकबारे जानकारी गराइएकाले कार्यव्यस्तता र सांसदहरू विभिन्न क्षेत्रमा पुगेकाले बैठकमा उपस्थित हुन नसकेको बताए ।

‘म पनि अहिले पोखरामा छु, त्यस्तै अरु साथीहरू कोही काठमाडौं, कोही पहाडतिर हुनुहोला,’ उनले भने, ‘हिजो नै सूचना गरेर आज सबै उपस्थित हुन सम्भव भएन ।’

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा एमालेका २१ सांसदको हस्ताक्षर थियो । तीमध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् भने अझै १५ जनाले हस्ताक्षर फिर्ता लिन बाँकी छ ।

हस्ताक्षर फिर्ता लिने निर्णयसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकार जोगिएको छ । योसँगै उनी थप शक्तिशाली बनेका छन् । ९३ सदस्यीय प्रदेशसभा एमाले एक्लैको बहुमत अर्थात् ५१ सिट छ ।

अब प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्रसहित विपक्षी दलहरू एक ठाउँमा उभिएपनि बहुमत पुग्दैन । त्यसैले प्रदेशसभामा टेबुल भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव स्वतः फेल हुनेछ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रण प्रतिवेदन सार्वजनिक

विराटनगर, १९ असार-प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि हालसम्म भएका कार्यहरूको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ ।शुक्रबार विराटनगरस्थित उद्योग संगठन मोरङमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।...

बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

विराटनगर, माघ २६–खानेपानी अभावकै कारण पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्र्ने क्रम बढेपछि पूर्वी पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टबाट खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न स्थानीय नदीबाट लिफ्टिङ...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई पाँचौ पटक खाद्यान्न हस्तान्तरण

विराटनगर, २८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच पाँचौ पटक मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार झापाबाट फर्किए 

झापा, २ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी लकडाउन...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्