बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

 न्यूज विराट
बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी

विराटनगर, माघ २६–खानेपानी अभावकै कारण पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्र्ने क्रम बढेपछि पूर्वी पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टबाट खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न स्थानीय नदीबाट लिफ्टिङ प्रणालीमार्फत पानी तानेर प्रशोधन गरी वितरण गर्ने तयारी थालिएको हो । खानेपानी अभावका कारण पूर्वी पहाडी क्षेत्रबाट तराईमा बसाइँसराई गर्नेक्रम तीव्र छ ।

प्रदेश नम्बर १ का उदयपुर, तेह्रथुम, धनकुटा, पाँचथरलगायतका पहाडी जिल्लाबाट तराईमा बसाइँ–सराई गर्नेहरूका कारण कतिपय गाउँ नै रित्तिने अवस्थामा पुगेका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरका अनुसार स्थानीयको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानीमा लिफ्टिङ खानेपानी आयोजना निर्माण हुनेछन् ।

चालू आर्थिक वर्ष ०७६र०७७ मा कार्यालयले ६ वटा आयोजनाका लागि डीपीआर निर्माणको काम थालेको छ । डिपीआर निर्माण सुरू गरिएका आयोजनाहरूमा तेह्रथुमको आठराईमा–घोडागाउँ–टुडीखेल–नागेश्वरी लिफ्ट खानेपानी आयोजना, तमोर करिडोर सुख्खाग्रस्त खानेपानी आयोजना, धनकुटाको लेगुवा लिफ्टिङ खानेपानी आयोजना रहेका छन् । यस्तै उदयपुरको सुनकोसी लिफ्टिङ खानेपानी आयोजना, सुनकोसी बृहत खानेपानी आयोजना लिम्चुङ्बुङको पनि डीपीआर निर्माणको तयारी थालिएको छ । यस्तै भोजपुरमा आम्तेक, श्यामशिला लिफ्टिङ आयोजनाको पनि डीपीआर निर्माण सुरू गरिएको छ ।

यी आयोजनाले १ लाखभन्दा बढी जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराउने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सुरजलाल चौधरीले बताए । प्रदेश १ मा एउटा लिफ्ट खानेपानी आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । पाँचथर जिल्लाको याशोक बजारका लागि तमोर नदिबाट २ हजार १ सय मिटरमाथि लिफ्टबाट खानेपानी पु¥याइसकिएको छ । उक्त आयोजना यहि फगुनबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College