सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

 न्यूज विराट
सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न फेला परेको हो।

उनको शव बराहक्षेत्र नगरपालिका २ स्थित कोसीको भंगालोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए ।

‘शव सडेगलेको अवस्थामा फेला परेको छ, आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुयाँलले भने।

कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

उनी भदौ १० गते राति सप्तकोसी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए।

बेलका नगरपालिका(८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए। सप्तकोसी नदीको पुलको बीच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।

कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्