कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

 न्यूज विराट
कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे निर्णय गरेको बताउँदै भने,‘‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन र स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो ।’’

कांग्रेसले रोगबारे मानिसहरुमा फैलिएको त्रास र बजारमा देखिएको सामानको अनधिकृत मूल्यवृद्धि रोक्न सरकारले चासो दिन पनि आग्रह गरिएको सचिव घिमिरेले बताए । कांग्रेसले समेत आफ्ना भ्रातृसंगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको घिमिरेले जानकारी दिएका छन् । केन्द्रको निर्देशनअनुसार ठूलो संख्यामा भेला भएर गर्ने कार्यक्रमहरु भने हुने छैनन् ।

सम्बन्धित समाचार

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

खनाल र नेम्वाङका योजना बाँडफाँट

काठमाडौं, १३ मंसिर-पूर्वप्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् ।...

यस्तो बन्दैछ विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडमा नयाँ टर्मिल भवन

विराटनगर । झण्डै तीन अर्बको लगानीमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण सुरू भएको छ । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किँरातीले शिलान्यास गरेसँगै निर्माणको प्रक्रिया सुरू भएको हो । उक्त टर्मिनल भवन भ्याटबाहेक...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे राष्ट्रपति कार्यालय

काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्