राशिफल

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।

वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा दन्त शिविर र जनचेतना मुलक कार्यक्रम गर्दै दन्त किटसमेत वितरण गरेको हो ।

कार्यक्रमबाट सो विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यालयका कर्मचारी र शिक्षक÷शिक्षिकाहरु लाभान्वीत भएका छन् । सो अवसरमा निःशुल्क दन्त परिक्षणका साथै बालबालिकालाई टूथब्रस र टूथपेस्ट सहितको डेन्टल किट समेत वितरण गरिएको थियो ।

शिविरमा परिक्षण गरिएका बालबालिकाहरूलाई सहुलियत दरमा आवश्यक उपचार समेत गरिने रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

उनले बालबालिकाको प्रारम्भिक जाँचपछि उपलब्ध गराइएको पुर्जी देखाएर सहुलियत उपचार सेवा पाउने बताइन् । शिविरमा ५० जना लभान्वित भएका छन् ।
कार्यक्रममा क्लबकी अध्यक्ष जैनले शिविरमा बालबालिका, शिक्षक र कर्मचारीहरूलाई दाँतको परिक्षणमा सहयोग गरेकोमा डा. अभिषेक कुमार र उनको टोलीलाई आभार प्रकट गरिन् ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी चार्टर प्रेसिडेन्ट डा. ममता वर्माले पनि दन्त स्वास्थ्य कसरी कायम राख्ने भन्ने बारे सचेतना जगाउन बालबालिकासँग अन्तरक्रिया गरिन् ।

सो अबसरमा क्लबकी अध्यक्ष जैन, सचिव अनिता सारडा, जनसम्पर्क अधिकारी मञ्जु अग्रवाल, कुसुम अग्रवाललगायत क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...