एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

 न्यूज विराट
एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी चौधरीको आज राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्थानीयवासीले प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले...

भोलिसम्म एसईईको परीक्षा तालिका प्रकाशित गर्ने

काठमाडौं, माघ २६।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...

नेपाली भूमि डुबानका विषयमा नेपालले भारतसँग वार्ता गर्ने

काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी...

थुनामा पठाउनुअघि अभियुक्तको कोरोना परीक्षण गर्न अदालतको आदेश

चितवन, ५ वैशाख-कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन अदालतले आदेश दिएको छ ।चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

पारस खड्कालाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...

एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन

काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो...

मोरङमा ६६ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा ६६ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्