पारस खड्कालाई कोरोना संक्रमण - News Birat

पारस खड्कालाई कोरोना संक्रमण

न्यूज विराट

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका सामान्य लक्षण देखिएपछि उनले पीसीआर गरेका थिए । कोरोना पुष्टि भएपछि पारसले भोलिदेखि चितवनमा सुरु हुने गौतमबुद्ध टी-२० कप गुमाउने भएका छन् ।

पारसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसन्त रेग्मी, रोहितकुमार पौडेललाई पनि कोरोना पुष्टि भएको छ । तीमध्ये बसन्तबाहेक सबै जना संक्रमणमुक्त भएर बन्द प्रशिक्षणमा जोडिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles