विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने
आइतबार, १८ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत सङ्कलन केन्द्र स्थापना गरेको हो ।
उक्त सङ्कलन केन्द्रको उद्घाटन मोरङ क्षेत्र नं. ५(२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले गरे । विराटले जनता पोलिक्लिनिकमा सञ्चालनमा ल्याएको सङ्कलन केन्द्र आधिकारिक हो ।
स्थानीय स्थरमा सङ्कलन केन्द्र स्थापना भएपछि अब विराटनगर दक्षिण क्षेत्रका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले विराटनगर १५ मा विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरेको प्रशासन प्रमुख अमित कुसहाले जानकारी दिए । ‘सङ्कलन केन्द्र विराटनगरबाट सुरु भएको छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि सङ्कलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’
विराटनगरपिछ सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र सोमबार उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । ‘विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।’ सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले आइतबार र सोमबार स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरेल परीक्षणमा ४० प्रतिशत छुट दिने भएको छ ।
विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया स्कुललाई ५–४ गोलले हराउँदै विजयी भएको...
काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...
भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...
काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...
विराटनगर, २२ माघ । प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...
बुटवल, २९ वैशाख-कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । आज साँझ ५ बजे...
विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...
विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने...