एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन - News Birat

एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन

न्यूज विराट

काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो मिति नै अन्तिम हुने अडानसमेत राखेको छ ।

सत्तारुढ दलका नेताहरुले नै संसोधन नभई सम्झौता अनुमोदन हुन नसक्ने अडान राखिरहेको बेला एमसीसीले यस्तो अडान दोहोर्याएको हो । एमसीसी मुख्यालयले बुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गरेको थियो ।

उक्त छलफलमा उक्त भर्चुअल छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह–उपाध्यक्ष जोनथन ब्रुक्स राजदूत र्यान्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । उक्त छलफलमा एमसीसीले सम्झौता संसोधन हुन नसक्ने र नेपाली नेताहरुले प्रस्ताव गरेको उक्त मिति नै अन्तिम रहेको स्पष्ट सन्देश दिएको छ ।

छलफलमा उपाध्यक्ष सुमारले एमसीसीलाई पठाइएको पत्र र आफ्नै प्रतिबद्धताको सम्मान नेपाली नेताहरुले गर्ने विश्वास लिएको बताउनु भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles