विराटनगरको विरोधसभामा झलनाथ खनालले भने ‘ओली १ नम्बरका ठग हुन्’

 न्यूज विराट
विराटनगरको विरोधसभामा झलनाथ खनालले भने ‘ओली १ नम्बरका ठग हुन्’

विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू नै आधिकारिक नेकपा भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै खनालले पद र सत्ताका लोभीहरू मात्रै बाहिरिएकाले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् ।

नेकपा विभाजन नभएको दाबी गर्दै उनले प्रधानमन्त्री ओलीले एमाले ब्यूँत्याउन खोजेको बताए । ‘एमाले र माओवादीबीच हामीले एकता गराएका हौं,’ उनले भने, ‘नेकपालाई घर-घरमा पुर्‍याउनुस् । केपी ओली एक नम्बरका ठग हुन् र उनले एमाले ब्यूँत्याउन खोजिरहेका छन् । ‘

उनले आफूहरु सडकमा रहरले नभएर बाध्यताले आएको पनि बताए । खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टीमा प्रतिगामी भएर जन्मिएको बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनताको आशा र भरोसामाथि ठूलो घात गरेको बताए ।

खनालले प्रधानमन्त्री ओलीले जेलमा बस्दा मार्क्सवाद नभएर रामायण र महाभारत पढेर बसेको पनि आरोप लगाए । उनले आफूहरुको एकमात्र उद्देश्य संसद पुनर्स्थापना नै भएको बताए । ‘संसद् पुनर्स्थापनाको विकल्प छैन,’ उनले भने, ‘जनताको आवाज सर्वोच्च अदालत र निर्वाचन आयोगले सुन्नुपर्छ । ‘

सम्बन्धित समाचार

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्यो

जनकपुर, फागुन २१–प्रदेश २ सरकारले उपभोक्ता समितिमार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा उपभोक्ता समितिको भुक्तानी दिलाउने पक्षमा रहेको देखिएको छ भने कर्मचारीहरूले प्रक्रिया नमिल्ने...

प्रदेश १ मा १ लाखको पिसिआर परिक्षण

विराटनगर, २२ भदौ-प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...

गुरुङ समुदायले मनाए विराटनगरमा तमु ल्होसार पर्व (फोटो फिचर)

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्