एकसाथ देखिँदै बलिउडका तीन खान

 न्यूज विराट
एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र ‘लाल सिंह चड्ढा’मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’मा सलमान र शाहरुखले केमियो भूमिका निर्वाह गर्नेछन् ।

शाहरुखले आफ्नो केमियोको छायांकनसमेत सकाइसकेका छन् । उनले आइपीएलको लागि दुबई जानुपूर्व नै आफ्नो केमियोको छायांकन सकाएका हुन् । यस चलचित्रमा शाहरुखले आफ्नो हिट चलचित्र ‘डीडीएलजे’मा निर्वाह गरेको राजको भूमिका निर्वाह गर्नेछन् ।

त्यस्तै, सलमानले ९० को दशकमा निकै रुचाइएको चलचित्र ‘मेने प्यार किया’को प्रेमको भूमिका निर्वाह गर्नेछन् । सलमानको भने छायांकन हुन बाँकी छ ।

तीन खानलाई एकसाथ पर्दामा देख्नपाउनु दर्शकको लागि पक्कै उत्साहको कुरा हुनेछ । त्योसँगै चलचित्रमा करिना कपुर, विजय सेथुपतिको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई अद्भित चन्दनले निर्देशन गरेका हुन् । चलचित्रको रिलिज मिति भने तय भइसकेको छैन ।

सम्बन्धित समाचार

भारतीय दूतावास घेराउ गर्न पुगेका राप्रपासम्वद्ध युवा पक्राउ

काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...

प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा...

राष्ट्रियसभाको निर्वाचन, कोशी प्रदेशमा मतदान सुरु

विराटनगर । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज निर्वाचन हुन लागेको छ ।...

विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् । साँझ विराटनगरको सिंघिया,...

आज देशभर १ हजार २४६ संक्रमित थपिए, १ हजार २४३ डिस्चार्ज

काठमाडौं, १ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

अब सरकारी कार्यालय १०-५ नै सञ्चालन हुने

काठमाडौं, ६ साउन-सरकारी कार्यालय १०-५ सञ्चाल हुने भएका छन् । सरकारले सरकारी कार्यालयमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकोमा सबै सेवाहरू नियमति सञ्चालन भएकाले सरकारी कार्यालय पनि एक सिफ्टमै सञ्चालन...

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्