ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

 न्यूज विराट
ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति प्रर्दशन गरेको हो ।

प्रर्दशनका क्रममा पार्टीका नेता, कार्यकता तथा आम सर्वसाधारणले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद पुर्नस्थापना गर, संविद्यानको रक्षा गर लगायतका नारा घन्काउँदै विशाल विरोध ¥याली समेत निकालेका थिए ।

विराटनगरको विरेन्द्र सभा गृहदेखि सुरु भएको ¥याली गोल्छा चौक, जलजला चौक र ट्राफिक चौक हुँदै जनआन्दोलन चौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोद्यन गर्नुहुँदै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ईन्चार्ज भीम आचार्यले प्रधानमन्त्री ओलीको निजी स्वार्थ र सनकको कारणले संविद्यान धरापमा पर्ने स्थिति सिर्जना भएको बताए ।

उनले प्रधानमन्त्री ओलीको सत्ता लालचका कारणले लोकतन्त्र र गणतन्त्रमाथि सङ्कट पैदा भएको जिकिर गरे । दीर्घकालको संघर्ष पश्चात संस्थागत भएका संवैधानिक उपलब्धिहरु प्रधानमन्त्री ओलीको असंवैधानिक हर्कतका कारण दुषित हुँदै गएको नेकपा मोरङ जिल्ला ईन्चार्ज घनेन्द्र बस्नेतले बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमन तर्फ धकेलेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीकै कारण मुलुकमा आर्थिक क्रान्ति, आर्थिक समृद्धि, समानुपातिक विकास र समृद्ध नेपालका प्रतिबद्धताहरु पुरा गर्न नसकिएको पूर्व सांसद शिवकुमार मण्डलले बताए । ‘संघीयता, समानुपातिक र समावेशी लगायतका मुल्य र मान्यतामा आधारित बहुआयामिक संविधानसहित आर्थिक समृद्धिको दिशामा लाग्न हामीले जिम्मा दिएका थियौं, उनले भने, ‘तर दुःखका साथ भन्नुपर्छ गैह्र कम्युनिष्ट नेतृत्वको रुपमा रहेका केपी ओलीको कारण गणतन्त्रात्मक विमान दुर्घटना हुन पुगेको छ ।’

सोही अवसरमा बोल्नुहुँदै नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीले न्यायालय र निर्वाचन आयोगलाई निति तथा संविद्यानमा उभिन आग्रह गरे । उनले संविद्यानको धारामा टेकेर फैसला गर्ने बित्तिकै संसद पुर्नस्थापना हुने र मुलुकलाई नयाँ दिशातर्फ डो¥याउन सघाउ पुग्ने जानकारी दिए ।

सम्बन्धित समाचार

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

वीरगञ्जमा मृत्युपछि २ व्यक्तिमा काेराेना पुष्टि

काठमाडाैं, ३० साउन-पर्साकाे वीरगञ्जमा २ जना व्यक्तिकाे मृत्युपछि काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा बाराका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे। दुवै जनाकाे बिहीबार बिहान मृत्यु भएकाे...

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

आज ५७० जनामा कोरोना संक्रमण

काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...

क्षयरोगीलाई खाद्यान्य बितरण

विराटनगर । क्षयरोग प्रभावित विरामीहरुलाई पोषण खाद्यान्य वितरण गरिएको छ । बिएनएमटी नेपाल नामक संस्थाले मंगलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्य वितरण गरिएको हो ।पोषण परियोजना अन्र्तगत अति विपन्न क्षयरोग विरामीलाई खाद्यान्य वितरण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्