
योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । जसमध्ये ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित हुन् । १ लाख १८ हजार ८ सय ४३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।
आज ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।