लकडाउनमा प्रहरीको थप कडाइ

 न्यूज विराट
लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै सरकारले ३ वैशाखसम्म लकडाउनको घोषण गरेको थियो ।

तर, पछिल्लो समय कोरोना संक्रमितको सख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई बढाएर १५ वैशाखसम्म तोकेको छ । हालसम्म नेपालमा १६ जनामा कोरोना भएको पुष्टि भएको छ ।

बुधबारबाट लकडाउन उल्लंघन गर्ने र लकडाउन अवधिका लागि दिएको पासको दूरुपयोग भएको पाएपछि चेक जाँचमा कडाइ गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

यसको लागि दिनमा १ सय ५५ स्थान र रातिको समयको लागि ४५ स्थानमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । हालसम्म प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ सवारी साधनलाई कारबाही गरेको जनाएको छ । यसरी नै १ हजार ८ सय ८६ वटा सवारी साधनले पास दुरुपयोग गरेको भेटिएपछि नियन्त्रमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार

मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सम्पन्न

जनकपुर, फागुन ६–मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सप्तरीको बोदेबर्साइन ५ जाजरमा सम्पन्न भएको छ । नेपाल तथा भारतका गरी करिब २ लाख भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

नेपालमा अब कसैले हिंसा मच्चाउन सक्दैन, नरभक्षी आन्दोलनका दिन गए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्