काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो ।
बैठकले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाउँदै सुवास नेम्वाङलाई नयाँ इन्चार्ज ताेकेकाे छ । यस्तै बागमती प्रदेशकी अष्टलक्ष्मी शाक्यलाई कारबाही गर्दै ईश्वर पोखरेललाई इन्चार्ज तोकिएको छ।
यता, कर्णाली प्रदेशमा जनार्दन शर्मालाई कारबाही गर्दै मणी थापालाई इन्चार्ज तोकिएको छ। यसैगरी, सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल पनि कारबाहीमा परेका छन्। उनको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।
प्रदेश २ मा ओली पक्षकै सत्यनारायण मण्डलले निरन्तरता पाएका छन् भने लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहेका शंकर पोखरेल र गण्डकीमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निरन्तरता दिइएको छ।
यसैबीच, ओली समूहकाे केन्द्रीय कमिटी बैठकले प्रचण्डमाथि पनि कारबाही गरेकाे छ । प्रचण्डलाई कारबाहीस्वरूप कार्यकारी अध्यक्षबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीले अनुमाेदन गरेकाे छ’, एक नेताले भने ।