भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने - News Birat

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

न्यूज विराट

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएसँगै संविधान संशोधन विधेयक सम्भावित कार्यसूचीमा समावेश गरिएको हो ।

शनिबार कांग्रेसको केन्द्रिय कार्याल सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।

यसअघि प्रतिपक्षी दल कांग्रेसले समय मागेकाले अन्तिम समयमा कार्यसूचीबाट हटाइएको बताइएको थियो । सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।

लिम्पियाधुरा, कालापानी लिपुलेकलाई सरकारले जारी गरेको नक्सा समेटेकाले कार्यान्वयनमा लैजान संविधानको अनुसूची ३ मा संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles