दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

 न्यूज विराट
दिल्लीका मुख्यमन्त्री केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

एजेन्सी, ३ जेठ । दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् ।

‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने ।

कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्भीर बिरामीका लागि आईसीयू बेड र अक्सिजनको अभाव भइरहेको छ । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो । त्यसबाहेक गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएको छ । केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी गरेका छन् ।

सम्बन्धित समाचार

महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक...

असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...

नेम्वाङले भने, ‘स‌ंसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको दोहोर्‍याएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने जिकिर गरेका हुन् ।  नेम्वाङले पार्टीभित्र...

मिल्स गोल्डकप , साबिक बिजेता प्रतिभा फाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–०...

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत...

नेपालको चुच्चे नक्सा र विदेश नीति कसैले फेरबदल गर्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज...

शशांकको समर्थन पनि देउवालाई

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि कोइरालाले देउवालाई समर्थन गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि...

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्