उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

 न्यूज विराट
उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ मंसिर-काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन् । आज काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज ९ हजार ९ सय ११ को पीसीआर गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

आज १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार २९ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।

सम्बन्धित समाचार

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी...

बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पर्साको...

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा 'साेचेर आउन समय' दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् । वरिष्ठ...

६ जिल्ला ‘कोरोना फ्रि’, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, साउन ३-नेपालका ३ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट, बाजुरा र कैलालीमा ५ सयभन्दा बढी संक्रमित रहेका...

विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका...

सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...

मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्