ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय - News Birat

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

न्यूज विराट

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा ‘साेचेर आउन समय’ दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार ओलीलाई अर्को बैठकमा ‘सोचेर उपस्थित हुन’ आग्रह गरिएको छ । उहाँकै (ओली) बारेमा छलफल हुने कुरा थियाे । तर, नआएपछि बैठक स्थगित गर्नुपर्‍याे । त्यसैले अर्काे बैठककाे मिति ताेक्नुअघि उहाँलाई साेचेर आउन भनिएकाे छ । फेरि उहाँ आउनुभएन भने  बैठकचाहिँ राेकिँदैन’, खनालले भने ।

यसअघि १ बजे बस्नेगरी तय गरिएकाे बैठकमा सचिवालयका ८ सदस्य समयमै बालुवाटार पुगे पनि कार्यव्यस्तता देखाउँदै ओली नआएपछि २ बजेसम्मका लागि सारिएकाे थियाे । २ बजे पनि ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित गरिएकाे हाे । सचिवालय बैठक २० मंसिर दिउँसाे १ बजे बस्ने गरी स्थगित गरिएकाे खनालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles