१६ जुवाडे पक्राउ

 न्यूज विराट
१६ जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर–मोरङको रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रवार राती स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देवीप्रसाद प्रसार्इँ, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका–८ का ४४ बर्षीय सन्तबहादुर राई, ३५ बर्षीय सागर गड्तौला, ४५ बर्षीय दिपक ढुङ्गाना, ४५ बर्षीय देवराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रविन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट एक लाख ६९ हजार छ सय ९५ रुपैयाँ नगदसहित कौडा, तास, १६ थान मोबाइल, १९ वटा मोटरसाइकल र दुई वटा कारसमेत प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिए । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

सम्बन्धित समाचार

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, १२ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

विराटनगरमा २१ सहित प्रदेश १ मा ११२ संक्रमित थपिए

विराटनगर, १३ भदौ-प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले...

आशातीत सफलता प्राप्त गरिरहेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं, १ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक...

निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्