राशिफल

महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

 न्यूज विराट
महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रूपैयाँ शुल्क बुझाउन बाँकी छ । त्यसैगरी सुनसरीको खनारमा रहेको रिलाइन्स इस्पिनिङले एक अर्व १५ करोड रूपैयाँ विद्युत् बक्यौता रकम बुझाएको छैन ।

पटक–पटकको ताकेतामा गर्दा पनि बक्यौता नतिरेको कारण लाइन काटिएको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले जनाएको छ । दुवै केन्द्रले बुधबारबाट विद्युत् लाइन काटिएको सूचना जारी गरेका हुन् । रघुपति जुट मिल र रिलाइन्स स्पीनिङ उद्योगले २०७२ साल साउनदेखि हालसम्म डेडिकेटेड लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेकको रकम तिर्न बाँकी रहेकोे छ । अदालतको आदेशअनुसार लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका केन्द्रप्रमुख राजिव सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रघुपति जुटमिलले तोकिएको समयभित्र छुट बिलबापतको बाँकी बक्यौता रकम नबुझाएकोले लाइन काटिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इटहरीले एक सूचना जारी गर्दै बुधबारबाट रिलाइन्स इस्पिनिङ मिलको लाइन काटिदिएको थियो । तर, प्राधिकरणका जीएम हरराज न्यौपानेको ठाडो आदेशमा इटहरी केन्द्र प्रमुख मिथलेशकुमार गैबारले उक्त उद्योगमा भने सोही दिन काटिएको लाइन जोडिदिएको पाइएको छ । उक्त उद्योगले तिर्नपर्ने रकम नतिरी न्यौपानेको आदेशमा लाइन जोडिएको हो ।

विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहलाई समेत जीएम न्यौपानेले तुरुन्त लाइन जोड्न आदेश दिएका थिए । तर, केन्द्र प्रमुख सिंहले प्राधिकरणको बोर्डबाट बक्यौता असुल नगरी कुनै हालतमा लाइन नजोड्ने अडान राखेका छन् । डेडिकेटेड लाइन जडानदेखि नै जीएम न्यौपानेको भूमिका शंकास्पद रहेको थियो । विराटनगर वितरण केन्द्र प्रमुख सिंहले आफ्नो कार्यालय मातहतमा रहेका तर बिल नतिर्ने ठूला उद्योगको लाइन अब धमाधम काटिने जानकारी दिए । गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुटमिलको सञ्चालक राजकुमार गोल्छा रहेका छन् भने रिलाइन्स इस्पिनिङ मिल्सका सञ्चालक बासुदेव गोल्यान रहेका छन् । (आर्थिक दैनिकबाट)

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...