सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

 न्यूज विराट
सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट जादै गरेको प्रदेश१ ०२. ४ प. ०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाईते भएका धरानउप महानगरपालिका ११ का ४८ बर्षिय ज्ञानप्रकास राई र पछाडि सवार निजकै श्रीमति ४१ बर्षिया दुर्गाकुमारी राई साथै सुनसरी बराहक्षेत्र नगरपालिका २ का ४२ बर्षिय प्रताप मगर घाइते भएका थिए । घाइते भएकी दुर्गाकुमारी राईको उपचारको क्रममा बिराट टिचिङ् अस्पतालमा मृत्यु भएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

सम्बन्धित समाचार

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर...

सुनसरीमा ६१ सैनिक जवानमा कोरोना पुष्टि

सुनसरी, २१ भदौ–सुनसरीमा गएको २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानमा मात्र २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।...

४० केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ४० केजी गाँजा बरामद गरेको छ । मोरङको विराटनगर १४ बाट गाँजा बरामद गरेको हो । को १७ प ८६३ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि...

चुनाव न्यायसंगत छ कि छैन अदालतले भन्न सक्नुपर्छ : दीनमणी पोखरेल

अधिवक्ता दीनमणी पोखरेलले सरकारले घोषणा गरेको चुनाव न्यायसंगत भए-नभएकोबारे अदालतले भन्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता पोखरेलले सरकारले ताजा जनादेशमा जान अदालतले रोक्न नसक्ने भनेकाले सरकारको त्यो निर्णय...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्