प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

 न्यूज विराट
प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट सुरु भएको थियो । तर, त्यसदिन नेकपाको विवादका कारण तीन मिनेट बैठक बसेर सकिएको थियो । र, अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । अविश्वासको प्रस्ताव संसदमा छलफलमा लैजाने विषयमा भने सहमति जुटेको छैन । यहीबीचमा मुख्यमन्त्री राईको विवाह भएकाले पनि बैठक लामो समय स्थगित भएको हो ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठक २५ गते

काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख -नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा रुपन्देहीका...

१ किलो सलह मारे १ सय रुपैयाँ दिने निर्णय

स्याङ्जा, १५ असार-भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

संसद बैठक सुरु हुनुअघि प्रचण्ड र माधव नेपालले भेटे सभामुख

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटासँग भेट गरेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अध्यक्षद्वयले...

फार्मेशीको बदमासी, ‘कोल्ड चेनमा’ राख्नुपर्ने भ्याक्सिन बाहिर राखेर बिक्री

विराटनगर । निश्चित तापक्रम खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन फार्मेशीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । कोशी प्रदेशको तराईको जिल्ला र पहाडी क्षेत्रमा फार्मेशीहरूले भ्याक्सिन सुरक्षित नराखी बिक्री...

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्