विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

 न्यूज विराट
विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत दिलाउन आर्थर र रिचार्लिसनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा आर्थरले गोल गर्दै ब्राजीललाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

खेलको ७१ औं मिनेटमा एडिनसन काभानी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा समेटियो । उरुग्वे फरवार्ड लुइस सुआरेज बिना नै मैदान उत्रिएको थियो । कोरोना संक्रमण भएपछि उनले ब्राजिलविरुद्धको खेल गुमाएका हुन् । योसँगै ब्राजीलले सुरुवाती ४ खेलमा लगातार जीत हात पारेको छ । छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ ।

उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित गरेको छ । चिली भेनेजुएलासँग २–१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान नै भएको अर्को खेलमा अर्जेन्टिनाले पेरुलाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा निकोलास गोन्जालेज र लउटारो मार्टिनेजले १–१ गोल गरे ।

खेलको १७ मिनेटमा नै गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने २८ औं मिनेटमा मार्टिनेजले अग्रता दोब्बर पारे । यो सँगै अर्जेन्टिनाले सुरुवाती ४ मध्ये ३ जीत र एक बराबरीको नतिजासहित १० अंक जोडेर छनोट तालिकााको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : गगन थापा

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् । सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले...

बर्जु महोत्सवमा तोडफोड र आगजनी प्रकरणः विराटनगरको एसएम साउण्ड सिस्टमको एक करोड ७ लाख क्षती

विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले...

बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३...

विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ

विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...

एमाले महानगर अधिवेशन : ३०८ मत खस्यो, आजै रातीबाट गणना सुरु गर्ने

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।आजै रातीबाट विराटनगर–१२...

मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

विराटनगर, २२ असोज-मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दिएको...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्