बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

 न्यूज विराट
बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो ।

संघका पदाधिकारीको सोमबार बसेको बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी मंगलबारदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यावसायिक प्रतिष्ठान बन्द गर्ने निर्णय गरेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले सम्पूर्ण वस्तुगत संघसंस्थाको सुझावअनुसार भोलिदेखि चैत १६ गतेसम्म जनकपुर बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

बजार क्षेत्रमा भीडभाड हुन नदिन अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसल मंगलबारदेखि बन्द रहने उनले बताए । दैनिक उपभोग्य वस्तु, दूधजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य सम्पूर्ण पसल बन्द गर्ने निर्णय वाणिज्य संघले गरेको वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने...

विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७...

सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिए

धनगढी, १९ जेठ-सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । संक्रमितबारे थप विवरण आउन...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको...

सिक्किम उच्च अदालतका प्रमुख न्यायाधीशलाई विराटनगरमा स्वागत सम्मान

विराटनगर । भारतको सिक्किम राज्यको उच्च अदालतका प्रमुख न्यायाधीश बिश्वनाथ समोद्दरको व्यक्तिगत भ्रमणका क्रममा विराटनगर आगमन भएपछि उनलाई स्वागत सम्मान गरिएको छ ।कोशी प्रदेशको विभिन्न स्थानहरूमा भ्रमणका क्रममा बिराटनगर पुगेका न्यायाधीश समोद्दर र उनको टोलीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्