निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : गगन थापा

 न्यूज विराट
निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : गगन थापा

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् ।

सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले अब स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका पनि हटेको दाबी गरेका छन् ।

संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहने महामन्त्री थापाको भनाइ छ ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ । स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’, गगनले सामाजिक सञ्जालमा मंगलबार बिहान लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ–संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

पाँच दलीय सत्ता गठबन्धका नेताहरूबीच स्थानीय तहकाे निर्वाचन कहिले गर्ने भन्नेमा ठूलाे मतभेद थियाे । खासगरी माओवादी र एकीकृत समाजवादीले वैशाखमा निर्वाचन गर्दा कानुनी जटिलता आउन सक्ने जिकिर गर्दै चुनावकाे मिति धकेल्ने प्रयास गरेका थिए । तर मंगलबार सरकारले ३० वैशाखमा चुनाव गर्ने घाेषणा गरेसँगै प्रमुख राजनीतिक दलले स्वागत गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् ।

सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले अब स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका पनि हटेको दाबी गरेका छन् ।

संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहने महामन्त्री थापाको भनाइ छ ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ । स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’, गगनले सामाजिक सञ्जालमा मंगलबार बिहान लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ–संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

पाँच दलीय सत्ता गठबन्धका नेताहरूबीच स्थानीय तहकाे निर्वाचन कहिले गर्ने भन्नेमा ठूलाे मतभेद थियाे । खासगरी माओवादी र एकीकृत समाजवादीले वैशाखमा निर्वाचन गर्दा कानुनी जटिलता आउन सक्ने जिकिर गर्दै चुनावकाे मिति धकेल्ने प्रयास गरेका थिए । तर मंगलबार सरकारले ३० वैशाखमा चुनाव गर्ने घाेषणा गरेसँगै प्रमुख राजनीतिक दलले स्वागत गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College