मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

 न्यूज विराट
मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

विराटनगर, २२ असोज-मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा दिएको दुरुत्साहन मुद्दा फिर्तामात्रै भएन मुख्य आरोपी भनिएका मदन स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई प्रहरीले सामान्य सोधपुछमै रिहा गरेको छ ।

प्रतिष्ठानमा २५ वर्षदेखि प्रशासन र लेखा अधिकृतमा कार्यरत दाहालले तीन दिनअघि झापाको दमकस्थित कार्यकक्षमा आत्महत्या गरेका थिए । सामाजिक क्षेत्रमा स्थानीय अगुवासमेत रहेका दाहालको निधन अस्वभाविक भन्दै स्थानीय र परिवारजनले शव उठाउन मानेका थिएनन् । परिवारसँगको सहमतिपछि मंगलबार अन्तिम संस्कार गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा चार बुँदे सहमति भए पनि कार्यान्वयन नहुँदै तल्याएको भाइ मदनले बताएका छन् । ‘एकातिर हाम्रो मुद्दा दर्ता भएन,’ उनले भने, ‘अर्कोतिर मुख्य आरोपी भनिएका व्यक्तिलाई नै बिनासोधपुछ छाडिएको छ ।’

कलिलै उमेरदेखि पारिवारिक बोझ सम्हालेका दाहाललाई कुन स्तरको टर्चर सामना गरेको भने खुल्न सकेको छैन । ‘सुसाइट नोट’ र अरु प्रमाण नभएको भन्दै प्रशासनले मुद्दा अगाडि बढाउन अनिच्छा देखाएको छ ।

सम्बन्धित समाचार

आज २ हजार १२० जनामा कोरोना पुष्टि, २ हजार ४४ संक्रमित डिस्चार्ज

काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔँः माधव नेपाल

काठमाडौं, २९ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार...

एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५...

२० बुँदे मागसहित मुक्ति समाज प्रदेश १ ले मुख्यमन्त्री राईलाई बुझायो ज्ञापनपत्र

विराटनगर, ७ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज प्रदेश १ ले विभिन्न २० बुँदे मागसहित मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज प्रदेश १ ले शुक्रबार प्रदेश...

‘नेपाल रत्न’ पाउनेलाई मन्त्रीसरह सुविधा

काठमाडौं, फागुन २२–सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ। नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा...

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्