धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार मृत्यु भएको जानकारी दिएका छन् । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा ३० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि प्रतिष्ठानको आइसीयु कक्षबाट सोमबार कोभिड–१९ अस्पतालमा भर्ना गरिएकी उनको गएराति मृत्यु भएको हो ।

सम्बन्धित समाचार

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...

भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा

भारतीय प्रहरीको एक विशेष टोली नेपाल आएको छ । पञ्जाबका गायक सिद्धु मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपाल प्रवेश गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ । आइतबार मुसेवालाको हत्या भएको थियो । उनका...

लकडाउनको मोडेल फेर्न सरकारले थाल्यो गृहकार्य

काठमाडौं, २० जेठ-सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो...

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...

झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...

पैसा नदिएको भन्दै रड प्रहार गरी बुबाको हत्या

धनुषामा गएराति १ युवकले बुबालाई रड प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको शहीदनगर नगरपालिका–९ का ३० वर्षीय नथुनीले ५५ वर्षीय बुबा सुखिया सदालाई रड प्रहार गरी हत्या गरेका हुन् ।...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्