सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

 न्यूज विराट
सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले महिलालाई सशक्तिकरण गर्न सहकारीको योगदानको चर्चा गर्दै यसवाट समाजमा परिवर्तन हुनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राख्नुभयो । उहाँले जनताको वचत राखिएको सहकारीमा अनयमिता गर्ने कार्यलाई निरुत्साहित आवश्यक नियमन गर्न आवश्यक कानून संशोधन गरि कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीका सञ्चालकले कारोवार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउदै यसका माध्यमवाट जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।
उहाँले प्रदेशमा सहकारी मैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिवद्धता जनाउँदै यसको माध्यमबाट मुलुकको समृद्धि योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फष्टाउने बताउँदै ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउने यसको भूमिका महत्वपूर्ण रहेको विचार राखे ।
आयोजक समितिका अध्यक्ष डा. डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले मुलुकमा एक सय सहकारीको कारण समस्या यो क्षेत्र बदनाम भएकोले यसको समाधान राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
मोरङ जिल्लामा एक हजार ४० सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्व कारोवार हुने गरेको छ । सोही अवसरमा सहकारी अभियन्ताहरु र उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

बुढीगंगाको प्रगति टोलमा दुर्घटनाः चार जना घाइते, उद्धारमा समस्या

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।कच्चा पर्दाथ...

जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

मिल्स गोल्डकपः धरान एकेडेमी सेमिफाइनलमा

विराटनगर, १० चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–०...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्