अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

 न्यूज विराट
अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार बिहान ११ बजेदेखि सुरु भएको थियो । 

अर्का अध्यक्ष प्रचण्डलाई छलफल अघि बढाउन आग्रह गर्दै ओली बैठक कक्षबाट बाहिरिएको बालुवाटार स्रोतले बतायो । स्थायी कमिटीमा अध्यक्षद्वयले पेस गरेको प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड–माधव नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेपछि १३ साउनमा स्थगित बैठक बस्न सकेको थिएन् । पार्टीभित्रका विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन ६ सदस्यीय कार्यदलले ६ भदौमा प्रतिवेदन बुझायो । त्यसैका आधारमा अध्यक्ष द्वय ओली र प्रचण्ड समझदारीमा आएका छन् । अध्यक्षद्वयले प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै सम्भवतः शुक्रवारै स्थायी कमिटी बैठक सम्पन्न हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

स्थायी कमिटीका सदस्यलाई पठाइएको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

भारतमा जवानले गरे सहकर्मीमाथि अन्धाधुन्ध फाइरिङ, चार जनाकाे मृत्यु

एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...

गुरुङ समुदायले मनाए विराटनगरमा तमु ल्होसार पर्व (फोटो फिचर)

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा...

मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...

ईडेनवर्ग कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम एउटै मञ्चबाट

विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत...

भारतीय अतिक्रमणविरुद्ध प्रर्दशनमा उत्रिएका कृष्ण पहाडीसहित ५३ पक्राउ

काठमाडौं, ३० वैशाख-भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विरोधमा प्रर्दशनमा उत्रिएका अधिकारकर्मी पक्राउ परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै मानवअधिकारवादी नेता कृष्ण पहाडी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत ५३ जनालाई पक्राउ गरेको हो । नेपालले...

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट

काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्