विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई÷दुई जना डिस्चार्ज भएका हुन । योसँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ९५ पुगेको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३४, झापामा १ सय १८, सुनसरीमा १ सय २, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा नौ, बेलबारीमा आठ, रतुवामाईमा छ, रंगेलीमा पाँच, लेटाङ र केराबारीमा तीन÷तीन, कटहरीमा दुई, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा एक÷इक जनाको रिपोर्ट पोजिटिभ आएको छ । झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा नौ, गौरादहमा सात, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा पाँच÷पाँच, शिवसताक्षी र भद्रपुरमा तीन÷तीन, कनकाई र मेचीनगरमा दुई÷दुई जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा छ÷छ, रामधुनी र बर्जुमा पाँच÷पाँच, दुहवीमा दुई र भोक्राहानरसिंहमा एक, उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा एक, इलामको चुलाचुलीमा दुई र देउमाईमा एक, संखुवासभाको धर्मदेवी र मादीमा एक÷एक, तेह्रथुमको म्याङलुङमा एक र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८ सय २ पुगेको छ ।
प्रदेश १ मा बिहिबार १ हजार ४ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ४२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ६६ हजार १ सय ३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।