नेपालमा थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु - News Birat

नेपालमा थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

न्यूज विराट

काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles