पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

 न्यूज विराट
पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा आज जारी सूचनामा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना संक्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको...

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

काठमाडौँ, १९ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

राहत चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) कारणले लकडाउनमा परेका अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दाेस्राे चरणको राहतको घोषणा गर्दै अति विपन्न, बेखर्ची र मजदुरलाई...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटगर डाउनटाउन, मस्तिष्क पक्षाघात भएका बालबालिकालाई सहयोग

विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

कोरोना कहरकाबीच प्रदेश १ मा यसरी मनाइयो छठ (फोटो फिचरसहित)

विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्