विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

 न्यूज विराट
विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी गर्ने गिरोहका ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव रहेका छन् ।

पक्राउ परेकाले विराटनगर–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा रहेको फ्ल्याट भाडमा लिएर अवैध धन्दा चलाइरहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेकाले फ्ल्याट भाडामा लिएको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले दिउँसो ३ बजेतिर छापा हानेको थियो ।

सट्टेबाजी र हुण्डी कारोबार तथा अनलाइन ठगीको अवैध धन्दा चलाइरहेको विशेष सूचनाका आधारमा घरमा छापा हानेर ५ जनालाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । उनीहरूले ५÷६ महिनाअघि कोठाहरू भाडामा लिएर अवैध धन्दा चलाएको पाइएको उनको भनाइ छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

प्रहरीले पक्राउ परेकाहरू बस्दै आएको कोठामा खानतलासी गरेर विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत बरामद गरेको छ। डीएसपी बस्नेतका अनुसार ठूलो र सानो गरेर १६ वटा मोबाइल, एटीएम ४४ वटा, भारतीय सिमकार्ड १३ वटा, नेपाली सिमकार्ड १९ वटा, विभिन्न बैंकका १५ वटा चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका १३ वटा चेक, १ जीबीको एउटा हार्ड डिक्स, स्ट्याम प्याड, इलेक्ट्रिक फिङ्गर प्रिन्ट, क्यालकुलेटर, ३ वटा भारतीय आधार कार्डलगायत बरामद गरिएको छ ।

त्यस्तै नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एउटा भारतीय सवारी चालक अनुमति पत्र १÷१ वटा, भारतीय सवारी दर्ता किताब २ वटा, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ वटा, आयकर कार्ड एउटा तथा १ हजार ६ सय ५ रूपैयाँ नगदसमेत बरामद भएको उनले बताए । बस्नेतका अनुसार २ वटा भारतीय र एउटा नेपाली नम्बर प्लेटको गरेर ३ वटा मोटरसाइकल पनि बरामद गरिएको छ। प्रहरीले बीआर २८ डब्लु २४४१, बीआर ३८ एएफ १७६४ र ज ८ प ६९०८ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेको समूहले कुन बैंकबाट कति रकम बराबरको कारोबार गरेको छ भनेर यकिन हुन बाँकी छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पक्राउ परेकासँग अन्य व्यक्तिको पनि ‘कनेक्सन’ हुनसक्ने बताए। ‘विभिन्न व्यक्तिहरू यो समूहमा आवद्ध हुनसक्ने देखिन्छ। वास्तविकता पत्ता लगाउन गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको छ,’ उनले भने, ‘पक्राउ परेकाले गरेको बैंकिङ कारोबार अस्वभाविक छ । कारोबारको अवस्था हेर्दा यसमा ठूलै गिरोह संलग्न रहेको अनुमान छ ।’

सम्बन्धित समाचार

इटहरीमा ज्वाइँले यसरी गरे जेठानको हत्या, २४ घण्टा बित्न नपाउँदै हत्या आरोपी सार्वजानिक

विराटनगर । घरायसी विवादको कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या आरोपमा भुजेलले इटहरी...

मिस्टर एण्ड मिस लिटल कोशीको भव्य तयारी, पहिलो अडिसन जेठ १३ गते हुँदै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । जय मिडिया...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् । मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री...

मोरङको विराटचोकमा चिकित्सकमाथि हातपात, एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी...

नक्कली सुन दिएर ५५ लाख ठगी, ६ जना पक्राउ

काठमाडौंमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ...

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने...

गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ । लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्