पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

विराटनगर, २९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई÷दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा तीन सय २६, सुनसरीमा दुई सय ९, झापामा ७४, संखुवासभामा नौ, उदयपुरमा चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा दुई÷दुई र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा दुई सय ५५ जनामा संक्रमण देखिएको । मोङगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३÷१३, बेलबारीमा १०, रतुवामाईमा सात, कटहरीमा छ, ग्रामथानमा चार, धनपालथान र रंगेलीमा दुई÷दुई, केराबारी र उर्लाबारीमा एक÷एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा एक सय ३२, इटहरीमा ४८, बराहक्षेत्रमा आठ, दुहवी र इनरुवामा चार÷चार, बर्जु, रामधुनी र गढीमा तीन÷तीन, हरिनगरमा दुई, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा नौ÷नौ, बुद्धशान्तिमा चार, कनकाईमा तीन३, मेचीनगरमा दुई, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा नौ, उदयपुरको चौदण्डीगढीमा चार, भोजपुरमा दुई, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको देउमाई र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा एक÷एक र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार दुई सय ६९ पुगेको छ ।

प्रदेश १ मा बिहिबार तीन सय २६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट तीन सय चार, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट नौ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार तीन सय ३९ पुगेको छ ।

प्रदेश १ मा बिहिबार एक हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये दुई सय ४१ म्हिला र चार सय १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...

सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’, लक्की ड्र मा ग्राहकले पाउँछन् टिभीदेखि चाँदीको सिक्कासम्म

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो । असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ...

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

एजेन्सी, २३ मंसिर-जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम...

मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २९ जेठ-आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्